१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


दैलेखमा एक वर्षीय बालकसहित ८ जनामा कोरोना संक्रमण, देशभर संक्रमितको संख्या ९ सय ७० पुग्यो


0
Shares

दैलेख । दैलेखमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् ।

प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका गरिएको पीसीआर परीक्षण मा दैलेख नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुष, ३ का १९, ३०, ३६ र ४० वर्षीय पुरुष, ४ का १ वर्षीय बालक, २० वर्षीय महिला र ५ का १७ वर्षीय पुरुष रहेका छन् ।

कर्णालीमा ३८ जनामा यस अघि नै संक्रमण पुष्टी भएको थियो ।  कर्णालीमा संक्रमित ४६ जना पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद तिवारीले बताए । यो सँगै नेपालमा संक्रमितको संख्या ९ सय ७० पुगेको छ ।