
-केदार कटुवाल/ईमेज
उदयपुर । केही साता अघिसम्म नोबेल कोरोना भाइरसको हटस्पटको रुपमा रहेको उदयपुरका २७ जना संक्रमित डिस्चार्ज भएका छन् ।
पछिल्लोपटक चार जनाको रिर्पोट नेगेटिभ देखिएपछि यो संख्या २७ पुगेको हो ।
एकजना संचारकर्मीसहित ६ जना कोशी अंचल अस्पतालको कोरोना बिशेष उपचार केन्द्र बिराटनगरमा उपचाररत रहेका छन ।
उनीहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । निको भइ आएका चारै जनालाइ होम क्वारेन्टाइनमा राखिएको छ ।
बैशाख ५ गते त्रियुगा नगरपालिका–३ नुरि मस्जिद बस्दै आएका १२ भारतीय, मोरङ्गका चार जनासहित र १६ स्थानीयमा कोरोना भाइरस पुष्टि भएको थियो ।
कोरोना इपीसेन्टरका रुपमा रहेको भुल्केको जनजीवनलाई सहज बनाउन ४० दिनदेखि गरिएको सिल बुधबारदेखि खोलिएको जिल्ला प्रमुख वीर बहादुर बुढाले जानकारी दिए ।
यता, ३२ जना मध्ये २७ जना कोरोना मुक्त भएपछि गाउँमा हर्षोउल्लास छाएको छ ।
प्रतिक्रिया दिनुहोस्