काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र स्थापनाको १२ वर्षको अवसरमा शुभकामना दिँदै वर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको भन्दै यसमा सबैको खबरदारी जरुरी भएको बताएका छन् ।
डा. कोइरालाले १२ बुँदे सहमतिको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत सबैलाई शुभकामना दिँदै शहिदहरुप्रति उच्च सम्मान पनि व्यक्त गरेका छन् ।
उनले जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो अझै पुरा हुन नसकेको पनि बताए । डा. कोइराला तत्कालिन अवस्थामा १२ बुँदे सहमति गराई शान्ति स्थापना गराउन सक्रिय रहेका थिए ।










प्रतिक्रिया दिनुहोस्