१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


सात वटा लघुबीमा कम्पनीको लाइसेन्स वितरणका लागि प्रस्ताव आह्वान


91
Shares

काठमाडौं । बीमा समितिले लघु बीमा कम्पनी खोल्न चाहनेहरुका लागि प्रस्ताव आह्वान गरेको छ ।

समितिले सार्वजनिक सूचना मार्फत ३ वटा जीवन र ४ वटा निर्जीवन गरी बढीमा ७ वटा लघुबीमा कम्पनी स्थापनाको अनुमति दिने गरी प्रस्ताव आह्वान गरेको हो ।

लघुबीमा कम्पनीका लागि यस अघि दिइएका आवेदनहरु भने रद्द गरिएको पनि समितिले जनाएको छ ।

पहिले आवेदन दिएकाहरुले पनि फेरि आवदेन दिन भने पाउने छन् ।

आज शुक्रबारदेखि ३५ दिन भित्र आवेदन दिई सक्नुपर्ने छ । दुवैखाले लघुबीमाको चुक्ता पुँजी ७५ करोड तोकिएको छ । यस्तै, लघुबीमा कम्पनीहरुले केन्द्रीय कार्यालय काठमाडौंमा राख्न पाउने छैनन् भने क्रसहोल्डिङ गर्न पाइने छैन् ।

यसैगरी, संस्थापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने छ भने ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्नेछ । यस्तै, एक तिहाई संस्थापकहरु कम्तिमा स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान पनि राखिएको छ ।