२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


उत्पादन नेपालको, मूल्य भारतको


1.768k
Shares

इलाम । दश वर्षअघि प्रतिमन (४० किलो) एक लाख ३० हजार रुपैयाँको बिक्री भएको अलैँची हाल ३० हजार प्रतिमन बिक्री भइरहेको छ । एकातिर महँगी दोब्बरले वृद्धि भइरहे पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य वर्षेनी घटिरहेका कारण किसान चिन्तित भएका छन् ।

यस वर्षको अलैँची टिप्ने सिजन सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भएपनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।

तल्लो क्षेत्र रहेको इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिका र देउमाई नगरपालिकाको खोला किनार क्षेत्रमा रहेका बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् ।

उच्च मुल्य हुँदा अलैँचीलाई खोल्साको कालो सुनको उपनाम समेत दिइएको थियो । तर, सोही अलैँची हाल करिब ३० हजार प्रतिमन बिक्री हुने गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।