२ असार २०८१, आइतबार | Sun Jun 16 2024


मेयरको निर्देशनपछि शिक्षक नेता भन्छन् : ट्रेड युनियनअन्तर्गत संगठित हुन पाइन्छ


24.011k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगरका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएपछि महानगरको शिक्षक नेताले फरक प्रतिक्रिया दिएका छन् ।

सामुदायिक विद्यालयसँग आबद्ध शिक्षक संघ–संगठनले पार्टीसँग आबद्ध भए पनि आफूहरुले ट्रेड युनियन अधिकारसँग सामेल भएको बताएका छन् ।

मेयरले जारी गरेको विज्ञप्तिमा सरकारी विद्यालयमा प्रधानाध्यापकदेखि शिक्षक भएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकट काठमाडौं महानगरपालिका कमिटीका अध्यक्षले पार्टीको नाममा राजनीति गर्न नहुने आशय देखिएको छ । तर, शिक्षकले आफूहरुले कुनै राजनीति नगरेको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ कामपा कमिटीका अध्यक्ष एवं पद्मोदय माविका प्रअ नारायण गौतमले नेपाली कांग्रेससँग आबद्ध भए पनि पार्टीको सदस्यता नलिएको र पार्टीमा नलागेको बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।