दैलेख, जेठ १४ । दैलेखमा भारतबाट फर्कनेको संख्या बढेसँगै ‘क्वारेनटाइन’को अभाव भएको छ ।
दैनिक दुई हजारभन्दा बढी भारतबाट फर्कन थालेपछि क्वारेन्टाइनमा बेडको अभाव भएको हो ।
बेड नपुग्दा भारतबाट फर्कनेहरुलाई विद्यालयका बेन्चमा राखिएको छ ।
दैलेखका ११ ओटा स्थानीय तहमा ८६२ बेड क्षमताका क्वारेन्टाइन बनाइएकोमा ती सबै भरिइसकेका छन् ।
नारायण नगरपालिकामा रहेको त्रिभुवन उच्च मावि क्वारेन्टाइनमा राखिएकाहरुले बस्न असहज भएको भन्दै नारा–जुलुस गरेका छन् ।
भारतबाट दैलेखमा १० हजारजना आइसकेको र ३२ हजार आउनेक्रममा रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्