Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नाकामा रोकिएका नेपालीको मृत्यु, स्थानीय आक्रोसित


0
Shares

धनुषा, जेठ १४ । भारतबाट नेपाल आउँदै गरेका धनुषाको सहिदनगर नगरपालिका–९ निवासी वीरेन्द्र गुरमैता यादवको जटही नाकामा बुधबार बिहान मृत्यु भएको छ ।

मृतक यादवसहित झन्डै २०० जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए ।

३० वर्षीय गुरमैताले आफ्नो परिवारलाई चाँडो आएर आफूलाई उद्धार गर्न भनेपछि उनका भाइ धीरेन्द्रसहित परिवारका चारजना मंगलबार राति नै त्यहाँ पुगेका थिए । तर, उनको नेपाल प्रवेश नै गर्न नपाइ मृत्यु भयो ।

उनको शव जनकपुर ल्याएर ‘पोस्टमार्टम’ गरिने भएको छ ।

यादवको मृत्युबाट आक्रोसित भएको भीड सुरक्षा घेरा तोड्दै जनकपुरतर्फ आइरहेको छ ।