
चितवन, जेठ १४ । चितवनबाट हेटौंडा गएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ निवासी २५ वर्षीया एक गर्भवती महिलामा बुधबार कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
जेठ ९ गते चितवनको भरतपुरबाट श्रीमान्सँगै उनी हेटौंडा गएकी थिइन् । श्रीमान्–श्रीमती चितवनको भरतपुरमा कोठामा बस्दै आएको खुलेको छ । उनको श्रीमान्को पनि स्वाब परीक्षणको क्रममा रहेको छ ।
संक्रमितलाई थप उपचारको लागि भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्