१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


बागलुङमा भारतबाट आएका छजनामा कोरोना


0
Shares

बागलुङ, जेठ १४ । बागलुङमा भारतबाट आएका छजनामा कोरोना संक्रमण देखिएको छ ।

पोखराको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा धनगाउँ ज्योति मावि ‘क्वारेन्टाइन’मा रहेका चारजना र त्रिभुवन मावि ‘क्वारेन्टाइन’मा रहेका दुईजनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका आठजनाको स्वाब संकलन गरिएकोमा दुईजनामा संक्रमण देखिएको जानकारी आएकाले उनीहरुलाई अस्पताल पठाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

यसअघि, चैत दोस्रो साता बागलुङमा १९ वर्षीया युवती र ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु दुवैजना निको भएर घर फर्किसकेका छन् ।

बागलुङमा पछिल्लो समय करिब ४०० जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।