१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


रौतहटमा भारतबाट आएका थप ३५ जनामा कोरोना


0
Shares

रौतहट, जेठ १४ । रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

विभिन्न पाँच स्थानका ‘क्वारेन्टाइन’मा बसेका उनीहरुमध्ये २८ जनाको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सातजनाको हेटौंडामा गरिएको ‘पीसीआर’ परीक्षणको ‘रिपोर्ट पोजिटिभ’ आएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक गरेको विवरणअनुसार गौर नगरपालिकामा आठजना, ईशनाथ नगरपालिकामा १६ जना, देवाही गोनाही नगरपालिकामा दुईजना, कटहरिया नगरपालिकामा दुईजना र गढीमाई नगरपालिकामा सातजना गरी ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

भारतका विभिन्न सहरबाट घर फर्केकाहरुमा संक्रमण देखिएको हो ।

भारतबाट फर्किएपछि उनीहरु सबैजनालाई ‘क्वारेन्टाइन’मा राखिएको थियो ।

योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । तीनजना निको भएका छन् ।