१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


बर्दियामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु


0
Shares

बर्दिया । गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ ।

गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर  का  ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो ।

उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।