धादिङ । पहिले आफ्नो छोरीको विवाहमा दाइजो एक्लैले जुटाउन गाह्रो हुने भएकाले साथीभाइ, आफन्त, नातेदारको छोरीको विवाहमा गाग्री खड्कुँलो दुवै व एउटा गोडधुवा (गोडाधुदा) हाल्ने चलन थियो ।
यस्तो चलनले गाग्री, खड्कुँलो बनाउने व्यवसायलाई पनि सहयोग पुग्थ्यो ।
पछिल्लो समय विवाहमा गाग्री, खड्कुँलोको सट्टा नगद दिने चलनले गाग्री, खड्कुँलो बनाउने, तामाको कच्चा सामान व्यापार गर्ने तयारी गाग्री, खड्कुँलो व्यापार गर्नेको व्यापार निकै घटेको छ ।
लामो समयदेखि तामाका भाँडावर्तन बनाउँदै आएका प्रेमबहादुर विश्वकर्मा भन्छन्, ‘अझ कोरोना आएपछि त विवाह नै कुन बेला हुन्छ थाहा नै हुन्न । कैयौंको छोरीको विवाह गाग्री , खड्कुँलो बिनै भएको सुन्नमा आउँछ । अहिले त दुलहीको बाउले मात्र तामाका गाग्री, खड्कुँलो , घ्याम्पो किन्छन् । मावलीले समेत नगद दिन थालिसकेका छन् । यस्तो चलनले गाग्री, खड्कुँलो बनाउने कालिगढहरूको पेशा व्यवसाय दिन प्रतिदिन खस्कँदै गएको छ ।’
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्