Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै


286
Shares

काठमाडौं । भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठुलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ ।

विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो ।

यो अवधिमा भटमासको तेलको निर्यातमा अघिल्लो साउनको तुलनामा ७ अर्ब ३९ करोड २ लाख रुपैयाँ कमी आएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।