सुर्खेत । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति मृत्यु भएको छ ।
सुर्खेतको चिङगाड गाउँपालिका–५ का २२ वर्षीय युवकको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो ।
नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुर्याइएको थियो ।
अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै जाँच गर्दा उनको मृत्यु भैसकेको जानकारी दिए ।
अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको बताए ।
मृतक युवामा बाथरोगसम्बन्धी समस्या रहेको परिवारले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्