
बर्दिया । कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन सेण्टर तयार गरिएको छ ।
सदरमुकाम गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शैयाको सेण्टर तयार गरिएको हो ।
वार्डमा एक जना मेडिकल सुपरिटेण्डेण्ट तथा एक चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद चौधरीले जानकारी दिए ।
त्यसैगरी जिल्ला अस्पताल गुलरियामा २५ शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको छ ।
यहाँका कोरोना संक्रमितलाई दाङको अस्पतालमा लैजान समस्या भएपछि यहीँको अस्पतालमा आइसोलेशन वार्ड तयार गरिएको प्रमुख चौधरीले बताए ।
अहिलेसम्म नगरपालिकामध्ये गुलरियामा चार, राजापुर र बाँसगढीमा एकएक तथा बढैयाताल गाउँपालिकामा एक गरी सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्