१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


अस्पतालको आईसोलेसनमा रहेका एक पुरुषको मृत्यु


0
Shares

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका एक जना व्यक्तिको मृत्यु भएको छ ।

कैलालीको जानकी गाउँपालिका–८ का ५० बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी गराए ।

भारतबाट फर्किएपछि उनी जानकी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

आरडिटी पोजेटिभ देखाएपछि उनलाई सेती अस्पताल ल्याईएकोमा बुधबार विहान ६ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।