Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


एमाले पनि छ भन्ने नबिर्सन देउवालाई ओलीकाे चुनौती

गठबन्धनले दम्भ देखाएकाे ओलीकाे आरोप

10.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने कुरा नबिर्सन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भएकाे भेटवार्तामा उहाँले यस्ताे बताउनुभएकाे हाे । बुधबार उहाँ उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जानुभएकाे थियाे ।

अध्यक्ष ओलीले भेटवार्तामा प्रधानमन्त्रीसँग चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि वारे चारबुँदा राख्नुभएकाे भेटवार्तामा सहभागी भएका एक एमाले नेताले ईमेज खबरलाई बताए ।

भेटवार्तामा सहभागी अर्का नेताका अनुसार सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधन सम्बन्धी विधेयक छलफलका लागि पेश गरेपनि तार्किक निष्कर्षमा पुग्नेमा एमालेले आशंका गरेको छ ।

अध्यक्ष ओलीले सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने हाेइनर भन्दै प्रधानमन्त्री देउवालाई प्रश्न समेत गर्नुभएकाे थियाे । अध्यक्ष ओलीले चुनाव विश्वसनीय हुनेमा आशंका पैदा भएको र सत्ता गठबन्धनले दम्भ देखाएको आरोप समेत लगाउनुभएकाे छ ।