१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


रुकुमको घटना दुःखद : मुख्यमन्त्री शाही


0
Shares

सुर्खेत, जेठ १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रुकुममा घटेको घटना दुःखद भएको बताएका छन् ।

कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठकमा उनले २१औं शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकार स्तब्ध भएको उल्लेख गरे ।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरी काम अगाडि बढाइसकेको र प्रदेश सरकारको तर्फबाट छानबिन र दोषीमाथि कारबाहीका लागि निर्देशन दिएको बताए ।

उनले घटनाका पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

अन्तर्जातीय विवाहको विषयलाई लिएर केटीपक्षको कुटपिटपछिको लखेटाइबाट भेरी नगरपालिका–४, जाजरकोटका नवराज विकलगायत तीनजनाको भेरी नदीमा डुबेर मृत्यु भएको थियो ।