१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


कोरोना संक्रमणबारे नयाँ तथ्य


0
Shares

काठमाडौं, जेठ १३ । कुनैपनि व्यक्ति कोरोना संक्रमित भएको १२ दिनपछि अन्य व्यक्तिमा संक्रमण सार्न नसक्ने एक अध्ययनले देखाएको छ ।

सिंगापुर नेसनल सेन्टर फर इन्फेक्सन डिजिजेजले हालै अमेरिका र चीनका कोरोना संक्रमितहरु गरी ७३ जनामा गरेको अनुसन्धानबाट उक्त तथ्य फेलापरेको हो ।

सो अध्ययनकाअनुसार कोरोना संक्रमित व्यक्तिको शरीरमा उक्त भाइरस रहिरहेता पनि दोस्रो व्यक्तिहरुमा सर्ने छैन ।

उक्त संस्थाका डिरेक्टर लिओ यी सिनकाअनुसार कोरोना संक्रमितलाई ‘आइसोलेसन’मा जम्मा ११ दिन राखे पुग्ने र १२औं दिनमा ‘डिस्चार्ज’ गरेपनि फरक नपर्ने जनाइएको छ ।

विश्वभर कोरोनाका कारण तीन लाख ४८ हजार बढीको मृत्यु भइसकेको छ । (एजेन्सी)