काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका सिंहसत्तलको भाडाबापत २ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।
सकम तिर्न ताकेता गर्दै गुठी संस्थानले कामपालाई पत्र पठाएको छ । गुठी संस्थान काठमाडौंका प्रमुख आनन्द कर्माचार्यले लामो समयदेखिको बक्यौता तिर्न ताकेता गर्दै कामपालाई पत्र पठाएको हो । संस्थानले पछिल्लो पत्र साउन २० गते पठाएको हो ।
काठमाडौं प्रमुख कर्माचार्यले रकम ताकेता गरेको विषयमा मेन्द्रीय कार्यालयलाई जानकारी गराएको बताउनुभयो । प्रमुख कर्माचार्यले उक्त रकम प्राप्त भए इन्द्रजात्रा व्यवस्थापन अक्षय कोषमा जम्मा गर्न सकिने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्