
रौतहट, जेठ १३ । रौतहटमा मंगलबार एकैपटक २२ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले विशेष सतर्कता अपनाउने भएको छ ।
मंगलबार थपिएका २२ जनासँगै रौतहटमा संक्रमितको संख्या ७० पुगेको छ । उपचारपछि तीनजना निको भएर घर फर्किसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले मंगलबार चारओटा नगरपालिकाका २२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको बताए । संक्रमितमध्ये तीनजना बालबालिका रहेका छन् ।
रौतहटका गौर, देवाही गोनाही, गरुडा र राजदेवी नगरपालिकाका ‘क्वारेन्टाइन’मा बसेका २२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
स्थानीय तहले क्वारेन्टाइन बनाएपनि ‘आइसोलेसन’ कम भएका कारण उनीहरुलाई कसरी व्यवस्थापन गर्ने विषयमा जिल्ला सुरक्षा समिति अन्योलमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्