
रौतहट, जेठ १३ । रौतहटमा थप २२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार नयाँ पुष्टि भएका संक्रमितहरुमध्ये गौर नगरपालिकाका सातजना, देवाही गोनाही नगरपालिकाका तीनजना र राजदेवी नगरपालिकाका एकजना रहेका छन् । अरु ११ जनाको ठेगाना खुलेको छैन ।
संक्रमण पुष्टि भएकाहरुमा तीनजना बालबालिकासमेत रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
उनीहरु सबै भारतका विभिन्न ठाउँबाट आएका थिए ।
सोमबारमात्रै रौतहटको राजपुर र ईशनाथ नगरपालिकाको ‘क्वारेन्टाइन’मा रहेकाहरुकामध्ये २६ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै रौतहटमा संक्रमित हुनेको संख्या ७० पुगेको छ । तीनजना उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्