
बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।
यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्