Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


कक्षा १२ को परीक्षाफल १० दिनभित्र


1.4k
Shares

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ ।

विद्यालय तहको अन्तिम परीक्षाको रूपमा हेरिएको सो परीक्षको परीक्षाफल सकभर दोस्रो सातामा नभए १५ गतेभित्र प्रकाशित गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपाल समाचारपत्रलाई बताउनुभयो । बोर्डले जेठको १६ गतेदेखि परीक्षा शुरु भएको १२ को प्रश्न परीक्षण सकेर त्यसपछिको काम सुरु भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अब हाजिरी रुजु मार्जिनल नम्बर राखेर रुजु गर्ने लगाउतका काम बाँकी रहेको जानकारी दिँदै भन्नुभयो-, ‘अबको १० दिनभित्र परीक्षफल प्रकाशित गर्ने गरी तयारी थालेका छौं’ सकेसम्म दोस्रो साताको अन्तिमतिर नभए १५ गतेभित्र परीक्षाफल प्रकाशित हुनेछ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।