Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


संक्रमणकालीन न्यायमा अन्तराष्ट्रिय चासो


156
Shares

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि संसद्मा छलफल हुनुभन्दा अधिल्लो दिन शनिबार अन्तर्राष्ट्रिय संस्थाहरुले चासो व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको आइतबार बस्ने बैठकका लागि कार्यसूचीमा समावेश गरिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरुले भेटेर चासो व्यक्त गरेका हुन् ।

संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अष्ट्रेलिया, जर्मनी, स्विजरल्याण्ड र युरोपेली युनियनका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डल दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेको थियो ।

राजदूत तथा प्रतिनिधिहरूले अध्यक्ष दाहालसँग नेपालको शान्तिप्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुशी व्यक्त गरेका थिए । त्यसमा आफूहरूको सकारात्मक सहयोग र सद्भाव रहने उनीहरूले बताएका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।