Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


आकांक्षा बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी टुंगो


52
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले महाधिवेशन भएको सात महिनापछि पदाधिकारी टुंगो लगाएको छ ।

लामो कसरतपश्चात् माओवादी केन्द्रले पदाधिकारी पाएको हो । तर, स्थायी समिति, पोलिटब्युरो नेताका जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन् ।

माओवादी केन्द्रको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट केन्द्रीय समितिले गर्ने वैधानिक व्यवस्था भए पनि शनिबारको स्थायी समिति बैठकबाटै पदाधिकारी टुंगो लगाइएको हो ।

पदाधिकारीका आकांक्षी बढी भएकाले पछि विधान संशोधन गर्नेगरी २१ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।