
बाँके । नरैनापुर गाउँपालिका वडा नं. १, कटकुइयाका ६३ वर्षीय नन्हौ यादवले भएको खेत पनि रोपाइँ गर्न पाएनन् ।
दश कठ्ठा जमिन रहेका यादवले आधाजति रोपाइँ गरे पाँच कठ्ठा रोपाइँ गर्दा पाँच हजार नै खर्च भयो । बडो मुस्किलले रोपेको त्यो धान सुक्दै गएको छ । नरैनापुरमा यसपालि पानी नै परेन । आकाशेपानीको भरमा रहेको नरैनापुरमा १५ प्रतिशत रोपाइँ भएको छ । ८५ प्रतिशत जमिन बाँझै छ ।
रोपेको धान पनि सुकेको छ । हरियो हुनुपर्नेमा पहेँलो र सुकेको धान अनि धाँजा फाटेको खेत देखिन्छ । अहिलेसम्म यस्तो खडेरी भएको थिएन । यसपालि त नरैनापुरमा पानी नै परेन । भएको खेत पनि रोप्न पाइएन । रोपेको पनि सुक्यो, ६३ वर्षीय यादवले भन्नुभयो, ‘के खाएर बाँच्ने हो हजुर चिन्ता बढेको छ ।’
नरैनापुर डुवान क्षेत्र हो । राप्ती नदीमा बाढी आउँदा नरैनासुरको दक्षिण भेग डुवानमा पर्ने गर्दथ्यो । यो वर्ष नदीमा बाढी पनि आएन ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्