Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी


130
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ ।

शनिबार बिहान ११ बजे मेडिसिटी अस्पताल पुग्नु भएकी राष्ट्रपति भण्डारीले नेता गिरीकाे परिवारसँग पनि भेट गर्नुभएकाे हाे।

उहाँले नेता गिरीकाे परिवारसँग भेटकाे क्रममा सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना समेत गर्नुभएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ ।