Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कहिले उठ्ला, काठमाडौंको सबै फोहोर


975
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार बिहीबार पनि २ सय ८४ वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगे ।

तर, चोक तथा सडकमा थुप्रिएको फोहोरको डंगुर भने अझै पनि उस्तै छ ।

काठमाडौं उपत्यकामा झन्डै दुई महिनासम्म फोहोर उठ्न सकेन । लामो समय नउठ्दा थुप्रिएको फोहोर उठाउन अझै पनि झन्डै दुई साता समय लाग्ने देखिएको छ । महानगरपालिकाले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका लागि कम्तीमा १० दिन लाग्ने जनाएको छ । स्थानीयले अवरोध गरेमा वा पानी परेको खण्डमा भने अझै बढी समय लाग्ने भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।