Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना


182
Shares

काठमाडौं । उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए ।

उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुईपांग्रेकै दुर्घटनाबाट भएका थिए । यी १ सय १७ मध्ये ५८ जना दुईपांग्रेको ठक्करबाट मृत्यु भएका पैदलयात्रु हुन् ।

यसरी दुर्घटनामा पर्नेहरूमा ज्यादातर १७ देखि ३५ वर्ष उमेर समूहका रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । त्यसमा पनि बढीजसो विद्यार्थी नै रहेको कार्यालयको अनुभव छ । यही अनुभवका आधारमा ट्राफिक कार्यालयले विद्यार्थी लक्षित सडक सुरक्षा योजना सुरु गरेको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।