Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


रोकिएका विधेयक धमाधम पारित हुँदै


546
Shares

काठमाडौं । लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न संघीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ ।

बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ ।

तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ । संघीय संसद्का दुवै सदनमा गरेर अहिले पनि ४९ वटा विधेयक विचाराधीन छन् ।

संसद्को चालू अधिवेशन नै अन्तिम हुने भएकाले तीमध्ये धेरै विधेयक कार्यकाल सकिएर निष्क्रिय हुने अवस्थामा छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।