Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


माओवादी केन्द्रमा पदाधिकारी चयनमा सकस ! : तनावमा प्रचण्ड


312
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन् ।

लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँटलगायत संरचना टुंगो लगाउने भनिए पनि आकांक्षीको अडानका कारण बैठक नै स्थगित हुन पुग्यो ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) बाट बिहीबारको बैठकमा पदाधिकारीलगायत विषयमा नामावाली पेश गर्ने सहमति बुधबारको बैठकमा भएको थियो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारदेखि जारी स्थायी कमिटी बैठकले बिहीबार पदाधिकारी सहितको नामावाली पेश गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।