Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


पेचिलो बन्दै सिट बाँडफाँट : प्रत्यक्षतर्फ १६५ सिट, २३० बढीमा दाबी


3.8k
Shares

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलभित्र प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको ‘सिट बाँडफाँट’ पेचिलो बन्दै गएको छ ।

सत्तारूढ कार्यदलको बुधबार बसेको बैठकमा ‘सिट बाँडफाँट’ मोडालिटी पेस हुने भनिए पनि सहमति नभएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलको शीर्षस्थ तह बैठकमा ‘सिट बाँडफाँट’ बारे छलफल भएको थियो ।

बैठकमा पाँचै दलका शीर्षनेताले आ–आफ्ना दलको अवस्था र सिट संख्याबारे मुख खोलेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सबै दलले गरी दुई सयभन्दा बढीमा माग दाबी गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।