Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


पूर्वतयारीमै सकियो झन्डै ६ अर्ब


325
Shares

काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ड (एमसीए) नेपालले एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि २०२३ अगस्टबाट सार्वजनिक टेन्डरमा जाने बताएको छ ।

पूर्वतयारीका कामहरू सम्पन्न भएपछि निर्माण कार्यमा कुनै अबरोध नभई निर्धारित समयमै परियोजना सक्ने गरी काम गर्ने एमसीएले जनाएको छ ।

परियोजना कार्यान्यनमा जानू अगाडीका पूर्वतयारीका लागि झन्डै ६ अर्ब रूपैयाँ खर्च भइसकेको छ । एमसीसी आयोजनाका लागि कुल ६३ करोड अमेरिकी डलर खर्च हुनेछ ।

५० करोड अमेरिकी डलर अमेरिकी सरकार अर्थात् एमसीसी र बाँकी रहेको १३ करोड डलर नेपाल सरकारले लगानी गर्नेछ । कुल लगानीमध्ये पूर्वतयारीका लागि १२.७८ प्रतिशत र ८७.२२ प्रतिशत कार्यान्वयनको चरणमा खर्च हुनेछ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।