लामो खडेरी र तापक्रम वृद्धिको चपेटामा चीन « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


लामो खडेरी र तापक्रम वृद्धिको चपेटामा चीन

'कृत्रिम वर्षाबाट समाधान खोज्ने प्रयास'

598
Shares

काठमाडौं । लामो खडेरीसँगै अभूतपूर्व तापक्रम वृद्धि भएपछि चिनियाँ अधिकारीहरुले कृत्रिम वर्षा गराउने प्रयास गरेका छन् ।

देशको मध्ये तथा दक्षिणीपश्चिमी क्षेत्रमा चिनियाँ विमानहरुले आकाशमा बादल सिर्जना गर्ने सिल्भर आयोडाइड रडहरु विष्फोट गराएका छन् ।

चुरोटका खिल्ली जस्ता रडहरु आकाशमा देखिएका बादलभित्र विष्फोट गराएर त्यसबाट वर्षा गराउने प्रयास गरिएको हो । यद्यपी त्यसको परिणाम भने सन्तोषजनक नभएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

खडेरीले चीनको सबैभन्दा लामो याङ्चे नदीमा पानीको सतह अहिलेसम्मकै कम देखिएको छ भने ताल तलैयाहरुमा पानी आधा भन्दा कम भएको छ । जसका कारण खानेपानीका मूलहरु सुकेर हाहाकार हुने अवस्था आएको छ ।

नदीमा पानीको वहाव बढाउनका लागि केन्द्र र प्रान्तीय सरकारहरुले विभिन्न क्रियाकलापहरु गरिरहेका छन् । तर त्यसको असर खाशै देखिएको छैन ।

चिनियाँ जलस्रोत मन्त्रालयले याङ्चे नदीमा जल सतह घट्दा जनजीवनमा नराम्रो असर गरेको र त्यसबाट खाद्यान्न उत्पादनमा समेत असर गरेको बताएको छ ।