९ अर्ब बराबरको हातहतियार भित्रियो « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


९ अर्ब बराबरको हातहतियार भित्रियो


182
Shares

काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन् ।

भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ३७ करोड ३८ लाख २८ हजार रुपैयाँ र २०७७/७८ मा ४ करोड ५७ करोड ८७ लाख ९० हजार रुपैयाँको हातहतियार नेपालले आयात गरेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।