 
	    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको जोखिम कम गर्न खाइरहेको मलेरियाको औषधिले मृत्युको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ ।
विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययन अनुसार हाइड्रोक्सी क्लोरोक्विन औषधि कोरोना संक्रमितले खाँदा उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लागेको हो ।
चिकित्सकले उक्त औषधि नखान चेतावनी दिएपनि कोरोनाको जोखिम नियन्त्रणमा हाइड्रोक्सी क्लोरोक्विन उपयोगी हुने दाबी गर्दै ट्रम्पले औषधि खाइरहेको खुलासा गरेका थिए ।
स्वास्थ्य विज्ञको सुझाव विपरित उहांले यो औषधिको प्रयोगमा जोड दिंदै आएका छन् ।
उनीहरुका अनुसार हाइड्रोक्सी क्लोरोक्विन मलेरियाका बिरामीका लागि उपयोगी छ भने लुपुसका केही समस्यामा पनि लाभदायक रहेको छ ।
तर कोरोना संक्रमितका लागि यो औषधिले फाइदा पुर्याउने कुनै अनुसन्धानले देखाएको छैन ।
लान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा कोरोना संक्रमितलाई मलेरियाको औषधिबाट फाइदा नभएको बरु यसले उल्टो मृत्युको जोखिम बढाउने पाइएको उल्लेख छ ।
तर हाइड्रोक्सिक्लोरोक्विन खुवाइएका कोरोनाका बिरामीमा मुटुका समस्या बढेर झन् मृत्युको जोखिम बढेको पाइएको छ ।
प्रतिवेदनअनुसार हाइड्रोक्सी क्लोरोक्विन दिइएका कोरोनाका बिरामीको मृत्युदर १८ प्रतिशत, क्लोरोक्विन दिइएका बिरामीको मृत्युदर १६ दशमलब ४ प्रतिशत र अरु समूहका बिरामीको मृत्युदर ९ प्रतिशत पाइएको हो । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्