
फाइल तस्विर
काठमाडौं । लगातार बन्द , केही दिनको वर्षा र बाटो मर्मत गर्ने घटनाबाहेक चार महिनामा ७० दिन फोहोर विसर्जनमा अवरोध भएको छ ।
स्थानीयले विभिन्न माग राख्दै आन्दोलन गरेपछि वैशाखयता ७० दिन फोहोर विसर्जन बन्द भएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरू गरेदेखि नै पटकपटक बन्द भएको छ ।
स्थानीयको माग र संघर्ष समितिको लामो समय सम्मको संघर्षको कारण करिब ७० दिन फोहोर व्यवस्थापन बन्द भएको कामपाले जनाएको छ ।
दिनबाहेक करिब १५ दिनजति कहिले बाख्रा किचेर त कहिले बाटोमा धुलो उडेर, कहिले वर्षात्को पानीले घर जलमग्न भएको भन्दै ७० फोहोर विसर्जनमा अवरोध खडा भएको कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्