Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा


234
Shares

काठमाडौं । सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले दरबन्दीको माग गर्दै बुधबारदेखि आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले मंगलबार काठमाडौंमा सार्वजनिक कार्यक्रम गरी आफूहरू लामो समयदेखि सामुदायिक विद्यालयमा न्यून तलबमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरेका छन् ।

परिषद्का अध्यक्ष गंगा तिवारीले सरकारले विद्यालय कर्मचारीको माग सम्बोधनबारे पटकपटक सहमति गरे पनि त्यसको पालना नगरेकाले यसपटक सबै विद्यालय कर्मचारीहरू माग पुरा नभएसम्म अनिश्चितकालीन विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

उनका अनुसार बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका भक्तपुरमा रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिने कार्यक्रम रहेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।