काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् ।
निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।
आयोगले मंगलबारसम्म समय दिएर निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको छ । निर्वाचन आयोगले पनि सोही अनुसार तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्