‘लाल सिंह चड्डा’लाई १ सय करोडको घाटा, ‘रक्षा बन्धन’लाई कति ? « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


‘लाल सिंह चड्डा’लाई १ सय करोडको घाटा, ‘रक्षा बन्धन’लाई कति ?


36.79k
Shares

एजेन्सी । भारतीय अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ अगस्ट ११ मा रिलिज दुई ठूला भारतीय फिल्म हुन् ।

दुबै फिल्म रक्षाबन्धनको बिदामा, शनिबार, आइतबार र स्वतन्त्रता दिवसको (सार्वजनिक बिदाका दिन) बिदामा रिलिज भएका थिए ।भारतीय स्वतन्त्रता दिवसको दिन दुबै फिल्मबाट बक्स अफिसमा राम्रो कलेक्सन हुने अपेक्षा गरिएको थियो । तर, नतिजा निराशाजनक रह्यो ।

भारतीय सञ्चार माध्यमका अनुसार दुबै फिल्मको अहिले सम्मको कमाई घाटामा गएको देखिएको छ । अहिले सम्मको कमाई हेर्दा आमिरको फिल्मले ७० करोड भारतीय रुपैयाँ मात्रै कमाएको छ भने अक्षयको फिल्मले ६० करोड भारतीय रुपैयाँ मात्रै कमाएको छ । आमिरको फिल्मले लगानी अनुसार करिब १ सय करोड भारतीय रुपैयाँ घाटा बेहोर्ने अनुमान रहेको छ भने अक्षयको फिल्मले करिब १० करोड भारतीय रुपैयाँको घाटा बेहोर्ने अनुमान लगाइएको छ ।

रक्षा बन्धन कमाईका हिसाबले लाल सिंह चड्डाभन्दा पछाडि भए पनि बजेटका हिसाबले अगाडि छ । फिल्मका समीक्षकहरुका अनुसार लालसिंह चड्डाको असफलताको कारण यसको कथा हो ।

यो हलिउड फिल्म फरेस्ट गम्पको रिमेक हो जुन धेरै मानिसहरूले पहिले नै हेरीसकेका छन् । फिल्म फ्लप हुनुको अर्को कारण फिल्मको विरोध पनि हो । विगत केही दिनदेखि सामाजिक सञ्जालमा फिल्मको बहिष्कारको माग भैरहेको थियो भने भारतको ३ राज्यमा फिल्म रिलिजमा प्रतिबन्ध समेत गरिएको थियो । साथै उक्त फिल्म २ वटा अनलाइन मार्फत पनि लिक पनि भएको थियो ।