२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पूर्वाधार सम्मेलनले लगानी बढाउने अपेक्षा


26
Shares

काठमाडौं । बजेट कार्यान्वयन गर्न नसक्दा न्यून पुँजीगत खर्चमा कमी भएको अवस्थामा नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलन गर्न लागेको छ ।

‘पूर्वाधार निर्माण र बजेटमा भएका कार्यक्रम कार्यान्वयन गर्न नसक्दा पूँजीगत खर्चमा कमी भएको अवस्थामा सम्मेलनले पूर्वाधार निर्माण र कार्यान्वयनका लागि सहयोगी भूमिका निर्वाह गर्ने र लगानीको लागि वातावरण तयार गर्ने भूमिका खेल्नेछ,’ पूर्वाधार सम्मेलन २०२२ को बारेमा जानकारी गराउँदै परिसंघका अध्यक्ष विष्णु अग्रवालले भने ।

विकासका लागि पूर्वाधार (इन्फ्रास्ट्रक्चर फर ग्रोथ ) भन्ने नारासहित चौथो संस्करण्को नेपाल पूर्वाधार सम्मेलन हुने भएको हो ।

२३ र २४ भदौमा काठमाडौंमा नेपाल उद्योग परिसंघले दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागेको पनि उनले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।