Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


स्वास्थ्य बिमाको दिगो विकासमा जोड


52
Shares

काठमाडौं । सरोकारवालाहरूले स्वास्थ्य बिमा कार्यक्रमको दिगो विकासका लागि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य र स्वास्थ्य बिमा ऐन, २०७४ मा भएको व्यवस्थाका सम्बन्धमा तादाम्यता मिलाउनुपर्ने, स्वास्थ्य बिमा बोर्डको स्थायी संगठन संरचना स्वीकृत हुनुपर्ने, संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा आबद्ध गरिने व्यवस्थाको कार्यान्वयन हुनुपर्ने ,ऐन तथा नियमावलीमा रहेको अस्पष्टताहरूको संशोधन गनुपर्नेलगायतका सुझाब दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बिमा र यसको प्रभावकारी कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रममा बिमा क्षेत्रका विज्ञहरू, स्वास्थ्य बिमासम्बन्धी निकायका प्रतिनिधि , उद्योगी व्यवसायी एवं सरोकारवालाहरूले सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई अझ भरपर्दो बनाई यसको यसको दायरा बढाउनुपर्ने सुझाब पनि दिएका छन् ।

त्यसैगरी सेवाप्रदायक स्वास्थ्य संस्थाहरूमा औषधीको उपलब्धतामा कमी, सेवा प्रदायक स्वास्थ्य संस्थाको तयारी एवं जिम्मेवारी बीमित र गैरबीमितको उपचारमा फरक, स्वास्थ्य संस्थाको तहअनुसारको सेवा प्राप्त नहुने गुनासो, स्वास्थ्य संस्थाहरूमा डिजिटल प्रविधि अभाव, कमजोर एप्सको प्रयोग, प्रदेश र स्थानीय तहबाट स्वास्थ्य बिमा कार्यक्रमप्रति जिम्मेवारी बोधमा कमी लगायतको समस्याबाट ग्रसित भएको पनि सरोकारवालाहरूले गुनासो गरे ।

रोग निदान, उपचार र प्रेषण सेवामा सेवाग्राहीको अनावश्यक दबाब अर्काे समस्याको रूपमा रहेको पनि उनीहरूले जनाएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।