Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइन्छ : मन्त्री कार्की


78
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रपति भण्डारीले आइतबार साँझ पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाउने निर्णयबारे अध्ययन गरेर अघि बढ्ने बताउनुभएको हो ।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाउनुभएको थियो ।

मन्त्री कार्कीले सरकारले कसैकोबिरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रूपमा कुरा अघि बढाएको बताउनुभयो । सिट बाँडफाँट कार्यदलको बैठक बुधबार ४ बजे बस्नेछ ।