Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


निर्वाचनमा तालमेलको लागि गठबन्धनका दलसँग छलफल भएकाे छ : उपाध्यक्ष नेम्वाङ

राष्ट्रपति भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक संविधानको मर्म अनुसार

3.5k
Shares

अर्घाखाँची । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रतिनिधि सभाको चुनावमा तालमेलको लागि गठबन्धनमा रहेका र बाहिर रहेका दलहरुसँग तालमेलको विषयमा बहस भइरहेको बताउनुभएको छ ।

साेमबार प्रेस चौतारी अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उपाध्यक्ष नेम्वाङले यस्तो बताउनुभएको हो। यदि कुनै कारण बहस तालमेल हुन नसकेको खण्डमा एमाले एक्लै चुनावी मैदानमा जानको लागि तयारी अभियानमा लागेको समेत उहाँले बताउनुभएको छ ।

अहिलेको सत्ता गठबन्धन संसदीय मूल्य र मान्यता विपरितको दूषित गठबन्धन भएको बताउनुभयो । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक संविधानको मर्म अनुसार भएको बताउनुभएको छ । यस विषयमा एमालेले ठिक-बेठिक केही नभनेको उहाँले बताउनुभयो ।

नागरिकताकाे विषयमा सत्ता गठबन्धन नेताहरुकाे विचार मिश्रित रहेको उहाँले बताउनुभयाे ।