कञ्चनपुर, जेठ ८ । कञ्चनपुरको सीमावर्ती क्षेत्र बनबासा तथा अटिमामा एक सातादेखि अलपत्र नेपालीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
भारतका विभिन्न सहरबाट ‘क्वारेन्टाइन’ अवधि पूरा गरी सीमानाकामा आइपुगेका उनीहरुले नेपाल प्रवेश गर्न नपाएपछि बिहीबार नाराबाजी गरेका हुन् ।
उनीहरुले स्थानीय तह र सरकारले उद्दार नगर्दा अलपत्र परेको गुनासो गरेका छन् ।
झन्डै ५०० को संख्यामा बनबासास्थित जोगबुढा नदी किनारमा अलपत्र परेका उनीहरुले आक्रोसित हुँदै नेपाल सरकारविरुद्ध नाराबाजी गर्नुका साथै प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने भारतीय क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई दैनिक ३०० का दरले स्वदेश ल्याउन काम भइरहेको दाबी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्