Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नवलपरासीमा पत्रकारहरुको कोरोना बिमा


0
Shares

नवलपरासी, जेठ ८ । नवलपरासीमा पत्रकारहरुको कोरोना बिमा गरिएको छ ।

पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले शाखामा आवद्ध पत्रकारहरुको कोरोना बिमा गराएको हो ।

कोरोना संक्रमणको उच्च जोखिमकाबीच समाचार संकलन गर्नुपरेकाले ४९ जना पत्रकारको बिमा गरिएको शाखा अध्यक्ष हरि शर्माले बताए ।

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय, पश्चिम नवलपरासीमार्फत् प्रतिव्यक्ति ५० हजार रकम बराबरको बिमा गरिएको हो ।

बिमावापत् लाग्ने सम्पूर्ण खर्च पत्रकार महासंघ जिल्ला शाखाले व्यहोरेको छ ।

पत्रकारको ‘पीसीआर रिपोर्ट पोजिटिभ’ आए बिमा रकम उपलब्ध हुने बिमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिए ।