१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सय वर्ष आयुका २६ गुम्बा, बल्ल आयो पुनर्निर्माणको जिम्मा


819
Shares

काठमाडौं । पुरातत्व विभागले चालु आर्थिक वर्षमा सय वर्ष पुराना २६ गुम्बा पुनर्निर्माण गर्ने भएको छ ।

विभागले सात वर्षअघिको महाभूकम्पले क्षतिग्रस्त बनेका ती गुम्बाहरुको स्थलगत अध्ययन गरी पुनर्निर्माण गर्ने जिम्मेवारी लिएको हो ।

विभागका महानिर्देशक दामोदर गौतमले २०७२ सालको भूकम्पले ध्वस्त र क्षतिग्रस्त सम्पदामध्ये सय वर्ष पुराना २६ वटा गुम्बा पुनर्निर्माण सुरू गर्न लागिएको जानकारी दिनुभयो ।

भूकम्प गएको सात वर्षपछि बल्ल गुम्बा पुनर्निर्माण सुरू हुन लागेको भएपनि संस्कृतिविद्, बौद्ध धर्मावलम्बी तथा अन्य सरोकारवालाहरुले प्रसन्नता व्यक्त गरेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।