राजधानीको फोहोर उठ्न थाल्यो, एकैदिन १ सय ४३ ट्रक ल्याण्डफिल पुगे « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


राजधानीको फोहोर उठ्न थाल्यो, एकैदिन १ सय ४३ ट्रक ल्याण्डफिल पुगे


2.106k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार बिहानबाट राजधानीको फोहोर उठाउन सुरू गरेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विर्सजन थालिएको हो ।

गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपुर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन सुरू गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा बिसर्जन गरेको जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।